बिकल्प ज्ञान केन्द्र्््

Introduction
Vision
Mission
Strategy
- Activities
- Learning Center
Child Peace Program
HS Loan Program
- Micro Credit Program
Junkiri Program
- Bikalpa Kola namsa
- WPP
- Home
Thanks Partage for the support.

बिकल्प ज्ञान केन्द्र विशेष गरेर पिछडिएका आदिवासी/जनजातिका बालिकाहरुका विकासको लागि स्थापित संस्था हो । विकासको लागि शिक्षाको महत्वपर्ूण्ा भूमिका हुने कुरालाई विकल्पले स्वीकार गरेको छ । साथै, शिक्षा बालबालिकाहरुका लागि हो भने शिक्षा बालबालिकाहरुले बोल्ने मातृभाषामा दिंदा सरल र अझ प्रभावकारी हुन्छ भन्ने कुरामा विश्वास राख्दछ । हाल यहाँका बालबालिकाहरु सामूहिक रुपमा एक आपसमा अन्तरनिर्भरहुँदै सामूहिक प्रयत्नबाट सुधार ल्याउदै जाने प्रयत्न गर्दैछन् । सोही अनुरुप केन्द्रका बालिकाहरुको पर्ढाई र लेखाईमा मात्र जोड नदिई उनीहरुको दिगो फाइदा पुग्ने तथा स्थानीय स्रोत र साधनलाई अधिकतम् मात्रामा परिचालन गरेर आर्थिक आय आर्जन हुने सीप वृद्धि प्रशिक्षण दिनुका अलावा उनीहरुको परम्परागत सीपलाई व्यवस्थित गरेर व्यापारिकरण गर्दै जाने, आफैले उत्पादन बर्ढाई परिवारको खर्च घटाउने खालका तरकारी बारी, सरसफाई कपडा सिलाई र तान बुन्ने तालिम पनि प्रदान गरिएको छ ।

पिछडिएका जनजाति र बालिकाहरुको विकास उनीहरुकै समुदायको भाषा, संस्कृति, स्रोत र साधानमा आधारित भएमात्र लाभदायी र दीगो हुन्छ । यस केन्द्रले बालबालिकाहरुको प्रत्यक्ष वरिपरि विद्यमान परिस्थितिलाई प्रभावित पार्दै विकासका बखुडकिलाहरु चढाउँदै लैजाने प्रयत्न गर्ने विधि अंगालेको छ । उनीहरुको अवस्थामा सुधार परिवर्तन ल्याउनु बालिकाहरुलाई आत्मबल, उनीहरुकै धर्म, संस्कृति र विश्वासमा आधार गरेर कृयाकलापहरु गराउँदै लैजान खोजेको छ ।

अतः यस केद्रले बालिकाहरुको विकासको लागि निम्न कार्यक्रमहरु संचालन गरिआएको छ ।

१. बालिकाहरुको सामूहिक जीवन यापनको लागि बाल आश्रम

२. बालिकाहरुलाई मातृभाषामा अनौपचारिक प्राथमिक शिक्षा ।

३. आदिवासी ज्ञान, सीप र प्रविधिलाई व्यावसायिकरण गर्ने तालिम ।

४. साँस्कृतिक, आध्यात्मिक शिक्षा रअतिरिक्त कृयाकलाप ।

 

 

 

 

 

 

 

 

 

Copyright © 2005, Bikalpa Gyan Tatha Bikas Kendra
Designed & Maintained by: Virtual Expression