
पिछडिएका जनजाति र बालिकाहरुको विकास उनीहरुकै समुदायको भाषा, संस्कृति, परम्परागत ज्ञान सीप, स्रोत र साधनमा आधारित भएमात्र लाभदायी र दीगो हुन्छ । विकल्प ज्ञान तथा विकास केन्द्रले बालबालिकाहरुको वरिपरि विद्यमान परिस्थितिलाई प्रभावित पार्दै विकासका खुडकिलाहरु चढाउदै लैजाने प्रयत्न गर्ने विधि अंगालेको छ । यो केन्द्रले बालिकाहरुको विकासको लागि निम्न कार्यक्रमहरु संचालन गरिआएको छ ।
१. बालिकाहरुको सामूहिक जीवन यापनको लागि बाल आश्रम
२. बालिकाहरुलाई मातृभाषामा १८ महिने अनौपचारिक प्राथमिक शिक्षा ।
३. आदिवासी ज्ञान, सिप र प्रविधिको पर््रबर्धन शिक्षा ।
४. साँस्कृतिक तथा आध्यात्मिक शिक्षा ।
५. शान्ति शिक्षा तथा द्वन्द्व व्यवस्थापन ।
६. पौ्रढ शिक्षा
७. बालश्रमिकहरुकालागि खुल्ला कक्षा
८. सडकबालकहरुका लागि घुम्ती शिक्षा
९. जाहेज व्यावसाय र सम्यक जिवन शैली शिक्षा
|